गजल
------
------
आसा हरु रोपे तर फुलाउन सकिन
बैरागी यो मनलाई भुलाउन सकिन||
धेरै बषन्त पार गरे उजाडिदै गएछु
पालुवा झै जिन्दगी झुलाउन सकिन||
निरासाका पत्थरमा बजारिन्छु झरेर
उमंगमा आफु लाई डुलाउन सकिन||
माथी जाँदा झरेछु म मुन्टिएर फेदिमा
शिखर झै जिवन लाई चुलाउन सकिन||
स्वार्थी यो दुनियाको बनावटी रंगमा
निस्वर्थी यो खुनलाई घुलाउन सकिन|
बिनोद थापा असफल यात्री
रामेछाप टोकरपुर ४ सिगार्चे
हाल अफगानिस्थान।
गजल
------
------
उही मन्दिर उही देउता पुजाई फरक फरक।।
मान्छे अलग मन अलग बुझाई फरक फरक।।
दिन ख़ुलेसी गाउ रमाइलो रात परेसि सहर।
गाउ बेसिँ र सहरको रुवाई फरक फरक।।
बिछ्यौनामा गरिएका पिरतिका खेल जस्तै।
जीवन धान्ने कोठी बिचको सधाई फरक फरक।।
तिनै स्तन चुसी चुसी हुर्किएका सन्तान पनी।
कोही बुद्द कोही बन्दुक भाई फरक फरक।।
दियो जलाई फुल चढाई मैले पुज्ने माउबाछी र।
तिमीहरूले मासु खाने गाई फरक फरक।।
चिता चढ़ी नियाल्दै छू मसान घाटमा के छ?
दाग बतीमा सल्काईएका सलाई फरक फरक।।
मान्छे अलग मन अलग बुझाई फरक फरक।।
दिन ख़ुलेसी गाउ रमाइलो रात परेसि सहर।
गाउ बेसिँ र सहरको रुवाई फरक फरक।।
बिछ्यौनामा गरिएका पिरतिका खेल जस्तै।
जीवन धान्ने कोठी बिचको सधाई फरक फरक।।
तिनै स्तन चुसी चुसी हुर्किएका सन्तान पनी।
कोही बुद्द कोही बन्दुक भाई फरक फरक।।
दियो जलाई फुल चढाई मैले पुज्ने माउबाछी र।
तिमीहरूले मासु खाने गाई फरक फरक।।
चिता चढ़ी नियाल्दै छू मसान घाटमा के छ?
दाग बतीमा सल्काईएका सलाई फरक फरक।।
बिनोद थापा असफल यात्री
रामेछाप टोकरपुर ४ सिगार्चे
हाल अफगानिस्थान।
<<<>>> गजल >><>>>
सुन्नुस कसरी बिश्वास घात भयो आज ।
भगवान बाटै पच्छेपात भयो आज ।।
यो रंगीन दुनिया देख्न नपाउँदै ।
सधैँको लागि कालो रात भयो आज ।।
सँगै मर्ने सँगै बाच्ने कसम हाम्रो ।
फेरि किन दिल तोडने बात भयो आज ।।
म उसको पिडामा तडपिएर लडेको पल ।
यो दुनियालाई रक्सीको मात भयो आज ।।
त्यो नजरले यो नजरमा खोट देखेसी ।
म देख्ने तँ नदेख्ने जात भयो आज ।।
बिनोद थापा असफल यात्री
रामेछाप टोकरपुर ४ सिगार्चे
हाल अफगानिस्थान।
,,,,,,,,,,,,,,,,,,,,,,,गजल,,,,,,,,,,,,,,,,,,,,,
गरीबी त्यो झुपडिमा खुशी हुल नयाँ बर्ष ।।
अनी मनको आगनिमा फूलभै फूल नयाँ बर्ष ।।
अनी मनको आगनिमा फूलभै फूल नयाँ बर्ष ।।
हरेक साल आउछौ जान्छौ मात्रा एउटा बटुवा भै ।
यो साल मा त खुशीको नि फुटाउ मूल नयाँ बर्ष ।।
यो साल मा त खुशीको नि फुटाउ मूल नयाँ बर्ष ।।
चोटै चोट र व्यदनाले भरी भा'छ नेपाली मन ।
चोट दुखाइ पारी तार्ने, बनाउ पुल नयाँ बर्ष ।।
चोट दुखाइ पारी तार्ने, बनाउ पुल नयाँ बर्ष ।।
बितेको त्यो सालहरुमा बिग्रिएको काम जस्तै ।
यो सालमा फेरी त्यही नहोस भुल नयाँ बर्ष ।।
यो सालमा फेरी त्यही नहोस भुल नयाँ बर्ष ।।
२०७० जे जसरी बिते पनि २०७१ भने राम्ररी बितोस सम्पूर्ण नेपाली मन्हरुलाई मेरो शुभ कामना छ ।।
बिनोद थापा असफल यात्री
रामेछाप टोकरपुर ४ सिगार्चे
हाल अफगानिस्थान।
Kathmandu
0 comments:
Post a Comment