कसैलाई जुवा र तासमा आउँछ दशैं,कसैलाई निस्तो गासमा आउँछ दशैं,
यो पालि त हाम्रो घरमा खशी ढलाउने,
हर साल यस्तै यस्तै आसमा आउँछ दशैं,
छिमेकी ले पिंङ्ग हाल्दा,चंगा उडाउँदा,
हाम्रो भने दु:खको रासमा आउँछ दशैं,
हुने हरु घोडा चढ्छन् नहुनेले धुरी,
भाको सारा सम्पत्तिको नाशमा आउँछ दशैं,
बिनोद थापा असफल यात्री
रामेछाप टोकरपुर ४ सिगार्चे
हाल अफगानिस्थान।
Kathmandu
0 comments:
Post a Comment