Nepali Upanyas

krishna dharabasi..............

ती उदासी आँखा

सँगै हिँड्दाहिँड्दै उनको हातमा मुठी परेको मोबाइलमा घन्टी बज्यो । निकैबेरसम्म बज्न दिइरहिन् तिनले । एकपल्ट नम्बर हेरेर नउठाई हिँडिरहिन् लुरुलुरु । पूरै घन्टी बजेर थाकेको मोबाइल फेरि थाल्यो बज्न । मैले भनेँ, ‘उठाउन मीरा ! किन दुःख दिएको त्यसलाई ?
बिस्तारै फोनलाई कानमा लगिन् र बोलिन्, ‘हेल्लो !’
उतापट्टिबाट मसिनो पुरुष आवाज आयो ।
मोबाइलको आवाजसँगै उनको हिँडाइको गति धिमा भएको थियो । उनको हिँडाइको गतिलाई असहयोग गर्दै म अघि बढेँ ।
बिहानको कलिलो घामसँगैको सहनसकिने चीसो हावा शरीरका विभिन्न भागलाई र्स्पर्श गर्दै बगिरहेको थियो । बाटाका दुवै किनारमा आधाशताब्दि उँभो उमेर खाएका स्त्रीपुरूषहरू एक्लाएक्लै वा संयुक्त यात्रामा देखिन्थे । कोही खोच्याउँदै, कोही लट्ठी टेक्दै, कोही दौडँदै, कोही छिटोछिटो अघि बढिरहेका देखिन्थे । छिटै पुग्न खोजेझैँ देखिन्थे प्रायः सबैजना । नमस्ते गर्दै, हात उठाउँदै, कुकुर पच्छयाउँदै, धमाधम भएको थियो बिहानलाई । प्रायः एकै प्रकारका परिचित अनुहारहरू, एउटै समयमा भेट हुन्थ्यो, तै पनि कतिसँग चिनजान, परिचय आदि बिनै पनि बितिरहेको थियो समय । धेरैजसो परिचित बोल्ने सर्न्दर्भमा बन्द-हडताल र महँगीको विषय शिर्षकमा देखिन्थ्यो ।
मीरा र मेरो यो ‘प्रातयात्रा’ सुरू भएको पनि झन्डै चार वर्षभइसकेको छ । उमेरको हदले जागिरबाट अवकास पाएपछि पूर्णकालीक गृहवासपछि यस यात्राले निरन्तरता पाएको हो । जागिरे अवधिमा बसाइको अव्यवस्थाले गर्दा प्रायः खटाइएको ठाउँमा एक्लै बस्ने गरेको थिएँ । आफूसँगसँगै भुरालाई पनि स्कुल सरुवा गरिरहँदा उनीहरूको पढाइ बिग्रने हुनाले आमा र केटाकेटीलाई घरमै छाडेँ । प्रायः लामै जागिरे जीवन मैले एक्लै बिताएँ भने पनि हुन्छ । यस एक्लो जागिरे यात्रामा खाने, सुत्ने, कुनै कुरा पनि व्यवस्थित थिएनन् । साथीभाइहरूका लहैलहैमा लागेर खाने, खेल्ने कुरा पनि सिकियो । मनले बेठीक ठान्दाठान्दै पनि घरलाई ढाँटेर बेकामे कुरामा पैसा खर्च गरियो । पैसा खर्च भएको अर्को दिन मनमा निराशा र पश्चाताप झाँगिएर आउँथे । श्रीमती र छोराछोरीको अनुहार आँखामा नाच्दथ्यो । साथीभाइका अघि नजरशर्मी हुने भएर बेकारमा गरिएको खर्चको हिसाब आज दिमागमा बारम्बार आइरहन्छ ।
श्रीमती र छोराछोरीहरूमाथि अगाध स्नेह र प्रेम हुँदाहुँदै पनि आँखाको बाटो हुँदै मनको पर्दामा अनेक अनुहारहरू स्थापित हुँदै आउँथे । इच्छा र रहर नहुँदानहुँदै पनि कताकताबाट प्रेमजस्तो कुरा उम्रिदै आएको हुन्थ्यो । कुनै बेला कार्यालयका महिला साथीहरू, कुनै बेला डेरा वा घरपटीका छिमेकीहरू, कुनै बेला खाना वा खाजा खाने क्यान्टिनका सेविकाहरू आँखाबाट मनतिर ओर्लिंदै गरेको अनुभव हुन्थ्यो । उनीहरूको आफूसँग हुने प्रस्तुतिले कतिकति बेला आफूलाई सबैभन्दा धेरै माया गर्ने तिनै हुन् कि जस्तो लगी मन बहकिने गर्दथ्यो । महिलाको नबाँधिएको फुकेको कपालजस्तो जति बेला पनि असरल्ला छरिने यस मनले कैयौँ रूप र सौर्न्दर्यको यात्रा गर्‍यो । मानसिक रूपमा आकषर्णको यात्रामा घुम्दाघुम्दै एकाएक नराम्रो गरी अल्झिएको मन एउटा पीडाको लामो यात्रामा हेलिन पुग्यो । छोप्दाछोप्दै पनि त्यो कुनै कुनाबाट बिस्तारै देखिँदै गएछ । प्रेम एउटा यस्तो अनौठो र अप्ठ्यारो अनुभूति हो, जसलाई सकेसम्म लुकाउन मन लाग्छ र लुकाउनु नै पीडापूर्ण पनि हुँदै जान्छ । प्रेम कहाँ उम्रिन्छ र त्यो कसरी झाँगिदै जान्छ भन्ने कुरा कसैले भन्न सक्छ जस्तो मलाई लाग्दैन । कुनै काल, स्थान र उमेर विशेषले नबाधिने यस अनुभूतिले आक्रान्त हजारौँ मनस्थितिहरू जतासुकै असरल्ल देख्छु, अचेल म । सबै कुरा थाह भईभईकन पनि खेल्न मन लाग्ने कस्तो अप्ठ्यारो खेल हो यो । जब म एकान्तमा हुन्छु, एक्लै हुन्छु, उमेरको यस खुडि्कलामा अप्ठ्यारो गरी टेकेर पनि विगतको रङसँग खेल्न मन लाग्छ ।
घरमा भएका श्रीमती र छोराछोरीहरू गृहस्थीका महान् सदस्यहरू रहे पनि तिनीहरूका अतिरिक्त यस मनमा अर्कै स्वतन्त्र पात्रसत्ताको अनुभूति भइरहन्छ सधैँ । पत्नीबाहेक अरू कसैसँग शरीरसुखको अनुभव साटासाट गरेको नभए पनि मनको तहमा प्रेमका अनेक पर्दाहरू खुल्दै बन्द हुँदै गरिरहन्छन् ।
जोगिँदाजोगिँदै पनि प्रेमको अनौठो जालमा म फँसेछु नराम्रै गरी । उमेर, अवस्था र स्तर केही पनि मिल्दोजुल्दो थिएन । तिनीसँग बिहे गर्ने, घरजम गर्ने वा सँगै जीवन बिताउने इच्छा पनि थिएन । कहिलेदेखि कसरी म एकोहोरिएछु थाहै भएन । आफूलाई साधारणजस्तो लागेको कुरा देख्नेलाई असाधारण हुँदै गएछ । एक दिन एकाएक श्रीमती बिनाखबर डेरामा आइपुगिन् । उनको यो आगमन मेरा लागि ठूलै आपत्तिजस्तो भयो । उनी यसरी एकाएक बिनासूचना आउनाको कारण सोधेँ, उनले त्यस प्रश्नको खासै उत्तर दिइनन् । केवल मुसुक्क हाँसेर भनिन्, ‘दिक्क लाग्यो, एक्लै बस्न, अनि…।’
केही दिन त्यत्तिकै बित्यो तर उनले घर फिर्ने लक्षणै देखाइनन् । एकदिन सोधेँ, ‘मीरा ! घर जाने होइन – भुरा एक्लै छाडेर यहाँ कतिन्जेल बस्ने – उनीहरूको पढाइ बिग्रेला नि फेरि ।’
‘भुराको पढाइ बिग्रिए अर्को वर्षसप्रिन्छ, ठूलाको बानी बिग्रिए कहिले सप्रिन्छ – म त अब नजाने गरी आएकी ।’
म झसङ्ग भएँ । अग्लो ठाउँबाट खसेझैँ । जुन कुरा लुकाउन म कत्ति प्रयत्न गरिरहेको थिएँ, उनले त्यसलाई निर्णय जस्तै सुनाइन् । आफैँसँग लाज, घिन र शरम उम्लिएर आयो । उनको अनुहार हेर्न कत्ति कठिन भयो त्यस क्षण । तर, उनको बुद्धिमानीको अगाडि म नतमस्तक भएँ । यस्तो अनौठो उपचार गरेकी थिइन् तिनले म आफैँभित्र पग्लिएर पानीपानी भएँ । त्यो साँझ मैले मीरालाई भनेँ, ‘मलाई माफ देऊ, मैले आफैँलाई बिर्सिएँछु ।’
उनले भनिन्,’मैले किन माफ दिनु नि ! तपाईं आफूले आफैँलाई सम्झे भइगयो नि । म तपाईंलाई तपाईं को हो भन्ने सम्झाउन आएकी थिएँ । अब भोलि नै जान्छु ।’
नभन्दै भोलि बिहानै उठेर उनी बाटो लागिन् । आमा माइत गएको परबाट रुँदै हेरिरहेको भुराभुरी जस्तो मनको भएँ म त्यो दिनभरि । वास्तवमै मलाई त्यो दिन आफ्नो स्थितिको ज्ञान आफैँलाई झस्काउने गरी भयो ।
त्यसको एक हप्तापछि मैले त्यस कार्यालयबाट सरुवा लिइसकेको थिएँ । हिँड्ने बेलामा राधिका साह्रै रोइन् । मसँग उनलाई सम्झाउने कुनै शब्द थिएन । म उनलाई फेरि कुनै दिन लिन आउने कुरा पनि थिएन । हाम्रो प्रेमलाई झन्झन् झाँगिएको पार्ने रहर पनि थिएन । कुनै आश्वासन नै थिएन मेरो उनका लागि । खालि यत्ति मात्र भन्न सकेँ मैले, ‘प्रेम र गृहस्थी एउटै कुरा होइन रहेछ राधिका ! मानिसले अन्तिम क्षणमा रोज्नुपर्दा गृहस्थी नै रोज्नुपर्ने रहेछ । प्रेमलाई छातीभरि निमोनियाजस्तो पालेर कहाँकहाँको गृहस्थीमा प्रवेश गर्नुपर्ने रहेछ । तिम्रो गृहस्थीको लागि शुभकामना ।’
उनी रोइरहेकी थिइन् । म लुरुलुरु गएर बसको सिटमा भरिएको थिएँ । यात्राभरि मेरा आँखा राधिकाकै आँशुले भिजेका थिए । कुनै बेला आफैँसँग रिस उठ्थ्यो, किन मैले त्यो कलिली केटीलाई सपना बुनिरहेको बेला भत्काउने आदेश दिइन । आमाले काखमा टाउको अड्याएर जुम्रा खोजिरहँदा फुस्स निदाएजस्तो म किन निदाएँ उनको अनौठो आग्रहसँग । मैले उनीमाथि सपना ओच्छ्याएको थिएन, तर के उनले मैलेजस्तै निरपेक्ष सपना बुनेकी थिइन् होला त ?
जे होस्, एउटै घटनाले म दुई नारी हृदयबाट फालिएको थिएँ । मीराको मनभित्र म एउटा प्राविधिक ‘लोग्ने’मात्र थिएँ । राधिकाको मनमा म निष्ठुरताको प्रतीक । आज पनि मीराका अघि मलाई गहिरा भावुक कुराहरू गर्न लाज लाग्छ । मेरो भावको नाङ्गो रूप देखिसकेकी उनका अघि मैले आफ्नै उपस्थितिलाई उभ्याउन सकिन । केवल कर्तव्यको एउटा दिग्दार लाग्दो यात्रामा हिँडिरहेकी जस्तो लाग्छ मलाई उनी । मुखले आजसम्म एक शब्द तलमाथि नबोलेकी भए पनि उनका आँखामा गृहस्थीको निरसता सधैँ उभिएको देख्छु । कैयौँपल्ट मैले माफी मागिसकेँ, तर उनी मुसुक्क हाँसेर यसरी टार्छिन्, मलाई लाजको बर्कोले गम्ल्याङ्ग छोप्छ घरीघरी ।
निकैबाटो हिँडिसकेछु, आफ्नै हिजोको स्मृतिको लौरो टेकेर । पछि र्फकेर हेरेँ, मीरा निकै पर बिस्तारै हिँड्दै आइरहेकी थिइन् । आफूभन्दा पाँच वर्षकान्छी तिनी पनि तीन बीसको छेउछाउ पुगिसकेकी छिन् । बाईस वर्षीय चन्चले केटीलाई बेहुली बनाएर आफ्ना घरमा भित्र्याएका दिन तिनको अनुहार हेरेर कहिले अघाउँला र म, जस्तो लागेको थियो । वास्तवमा जीवनमा कहिल्यै विरक्तिको भाव उत्पन्न भएन उनीप्रति । उनको अनुपस्थितिमा मभित्र सलबलाएको स्वच्छन्द लोग्ने मान्छेप्रति सधैँ व्रि्रोह गर्थें म, तर त्यत्तिकै थाकेको हुन्थेँ ।
मेरो घरगृहस्थी सम्हाल्न आएकी यिनले वास्तवमा पार लगाइन् एउटा ठूलै डुङ्गा । दुई छोरा र दुई छोरी आ-आफ्नै गृहस्थीमा प्रवेश गरिसके । जागीर र गृहस्थीका सिलसिलामा कोही देशभित्र कोही देशबाहिर कर्मक्षेत्रमा व्यस्त छन् । हामी बुढाबुढीलाई आवश्यक खर्च र टेलिफोनमाया दिन उनीहरू कन्जुसी गर्दैनन् । आज हामी एकअर्काको भर भएका छौं ।
जति हेर्छु त्यति माया लाग्छ उनको । मैले यिनीसँग प्रेम त गरिन, तर माया भने सुरु देखि नै गरेँ । जतिबेला पनि माया लागिरहन्थ्यो, तर त्यो माया कहिल्यै प्रेमजस्तो थिएन । सम्झौताको संसारमा प्रेमको उपस्थिति नहुँदोरहेछ । कहिलेकाहीँ लाग्छ, मानिसले हजारौं वर्षेखि जपेर ल्याएको यो प्रेमको आखिर के उपयोगिता छ – के अर्थ छ ?
छेउमा आइपुगेकी तिनलाई नियालेर हेरेँ । अनुहार एकदम निराश र दुःखीजस्तो थियो । बिहान घरबाट निस्कँदाको उज्यालो अस्ताइसकेको थियो, यो प्रात भ्रमणको रङ थिएन अनुहारमा । हेरेँ तिनको अनुहारको रङमा कुनै गृहस्थी वा पारिवारिक पीडाबाट उत्पन्न अभिव्यक्ति थिएन । त्यो सदाको भन्दा अनौठो र अपरिचित थियो । पहिला पनि बेलाबेला त्यस्सै उदाउँथ्यो उनको अनुहारमा त्यस्तो उदासी । अनि बिस्तारै हराउँदै गएको देखिन्थ्यो । उनको अनुहारमा उदाउने खुसी वा उदासी दुवैको कारण सोध्ने आँट मलाई कहिल्यै आएन । मैले उनको अनुहारमा हेरिरहँदा, उनले आफ्नो अनुहार भुइँतिरमात्र घोप्ट्याउँदै हिँडिरहिन् ।
घरमा आइपुग्दा पनि उनको उदासी हराएको थिएन । बाटामा मैले उनलाई भुलाउन के-के, के-के, भनिरहेँ तर ती कुनै कुरा पनि उनले मन दिएर सुनेजस्तो लागेन । यही बेला खेरीखेरी के सोधिरहनु, पछि आफैँ भन्लिन् नि भन्ने सोचेँ ।
साँझमा घर आइपुग्दा पनि मीराको अनुहार झन् अँध्यारो थियो । मनमा चीसो पस्यो । उनलाई केले त्यस्तो पार्‍यो होला ! सधैँ कस्ताकस्ता पीर लुकाएर हाँस्न सक्ने उनी झन्झन् अँध्यारिएकी थिइन् ।
मैले दुइटा मात्र रोटी खाएँ आज । सदा चारवटा खान्थेँ । उनले त एक गिलास दूधमात्र खाइन् । त्यत्तिकै घरको वातावरण अप्ठ्यारो भएको थियो । सोचेँ, ‘अब धेरैबेर चुप लाग्नु हुँदैन, सोध्नुपर्छ ।’
तर मैले केही सोध्नै परेन । छेउमा आएर बसेकी उनी एकाएक मेरो कुममा टाउको अड्याएर रुन थालिन् । अलमल्ल भएँ म । मनमा चीसो पस्यो । केही ठूलै कुरा भएको हुनुपर्छ भन्ने लाग्यो । एकैचोटि मनमा अनेकौँ शङ्का उपशङ्काहरू उम्रिएर आए । आफैँबाट यो कुनै गल्ती भयो कि भनी चारतिर मन डुलाएँ ।
उनको टाउकोमा हात खेलाउँदै भनेँ,’किन यसरी रोएकी मीरा ! बिहान फोन आएदेखि नै तिमी दुःखी देखिन्छ्यौ, कसको फोन थियो त्यो ?’
अनौठो पाराले हेरिन् उनले मेरो अनुहार । पहिलोपल्ट उनी मलाई राम्ररी चिन्न खोजिरहेकी छिन् जस्तो लाग्यो । मेरा दुबै हात समातेर बडो दयनीय अनुहारले अनुनयपूर्वक बोलिन्, ‘आज ३ बजे उनको देहान्त भयो । भोलि बिहानै हस्पिटल जौँ न है ।’
एकदम नै दबिएको र डराएको जस्तो थियो उनको आवाज ।
म अलमल्ल भएँ । सोधेँ, ‘कसको देहावसान भयो ?’
मेरो आँखामा एकोहोरो हेरिरहिन् । तिनका आँखा कस्ताकस्ता अनौठा र एकोहोरो जस्ता थिए । कुनै प्रेत लागेको बिरामी धामीका अघि एकोहोरिएजस्तै एकोहोरी भएकी थिइन् तिनी । विस्तारै भनिन्, ‘कहिलेकाहीँ फोनमा कुरा हुन्थ्यो । बिरामी छु भन्थे, तर यति चाँडै सकिएलान् भन्ने सोचेकी थिइनँ ।’
कहाँकहाँ हेरेर एक्लै आफैँसँग बोलेझैँ भन्दै गइन्, ‘सधैँ जीवनका बारेमा सम्झाइरहन्थे । गृहस्थीको महत्व दर्शाइरहन्थे । प्रेमको अर्थ बुझाइरहन्थे । तपाईं नहुँदा पनि फोनबाट तपाईंका बारेमा सोधिरहन्थे, तपाईंको ख्याल राख्नु भनिरहन्थे । मलाई एक्लै एकान्तमा रमाइरहन पुग्ने उनी साथी थिए । तपाईंको गृहस्थीले टम्म भरिएकी म, उनको प्रेमले रमाएकी थिएँ ।’
पागल बरबराएझैँ गर्न लागिन् । मैले दुबै हातले उनको कुम हल्लाएँ ।
झसङ्ग भइन् उनी । एकछिनपछि आँखाको आँसु पुच्छदै भनिन्, ‘मैले सारा जिन्दगी तपाईंलाई दिएँ । यो घरलाई संसार बनाएँ । तपाईंको सुखका लागि समर्पित भएँ । भोलि एकपल्ट तपाईं मेरा लागि समय दिनोस् । म उनको अन्तिमपल्ट अनुहार हेर्न चाहन्छु ।’
उनी मेरो काखमा घोप्टिएकी थिइन् । म कत्तिबेलासम्म रनभुल्लमा परेँ । निकैबेरपछि के भयो के भयो । त्यस्सै मन बटारिएर आयो । आँखा त्यत्तिकै भरिए आँसुले । उनको टाउको उठाएर अनुहार हेर्दै भनेँ, ‘हुन्छ साथी ! भोलि बिहान म तिम्रो प्रेमीको मलामी जानेछु । तिमीसँगै यो शोकमा सामेल हुनेछु ।’
राति ब्युझिदा पनि उनी भित्तातिर फर्किएर ठूलोठूलो सास फेरिरहेकी थिइन् । नाक पुछिरहेकी थिइन् ।

10:00AM 2014-7-26
BAIRAGI..BINOD 


KRISHNA DHARADASI AAMA.....

धेरै दिनदेखि जान मन लागेको थियो । किन किन मनमा झझल्को आइरहेको थियो त्यो घरको । साह्रै दुःखले बनाएको थिए“ त्यो घर । गरबिी र अभावका सबै रातहरू त्यही“ बिताएको थिए“ । त्यो जमिन जोड्दाको समस्या त झन् कहालीलाग्दो छ । केही त थिएन पैतृक सम्पत्ति भन्नु । दूबो उभिएको हु“ भन्दा पनि हुन्छ ।
आमाका आ“खामा आ“सु त हामीले देखेनौ“ भने पनि हुन्छ तर ती प्रायः सधै“ उदास, थकित र त्रस्त हुन्थे । हर्ुर्किएको छोरो मै भएकाले होला जेजति सरसल्लाह हुन्थे, आमाले मस“ग नै गर्नु हुन्थ्यो ।
उनलाई बिहे गरेर ल्याउ“दा घरको दुःख पटक्कै घटेको थिएन । गरबिीको खाडल झन् गहिरएिको थियो । एउटी सानी, कलिली १८ वर्षी केटीलाई बेहुली बनाएर भित्र्याएका थियौ“ हामीले । २४ वर्षो म, मनमनै बेहुली पाएर रमाएको थिए“ ।
साह्रै कम बोल्ने, गम्भीर स्वभावकी, काम गररिहने अनौठो बानी रहेछ तिनको । हाम्रोभन्दा राम्रो आर्थिक अवस्थाको परविारबाट आएकी थिइन् उनी । तर, हाम्रामा आइपुगेपछि एउटा गरबिीको पुरानो र गहिरो इनारमा खसेकी थिइन् । जहिले पनि भरेको छाककै समस्यामा थियौ“ हामी । भान्सामा पसेपछि ती सधै“ अलमलिएको देख्थे“ म । उनले मुखले केही नभने पनि यी सबै कुराको अनुभव गररिहन्थे“ म । उनले न हाम्रो गरबिीको अपमान गरनि्, न माइतीको सम्पन्नताको स्मरण ।
कहिलेकाही“ तिनलाई मैले एकोहोरो हेररिहेको देखेर लजाउ“दै तिनी सोध्थिन्, “के हेरेको होला नि बित्थामा †” म मुसुक्क हा“सी दिन्थे“, अर्कै हा“सो । समय अनुसार केटाकेटीहरू जन्मदै गए“ । उनी झन् परपिक्व र धरती हु“दै गइन् । आमाको वृद्धतास“गै घरका जिम्मेवारीहरू उनका का“धमा र्सदै गए ।
एकदिन उनी नभएका बेला आमाले आफ्नो बिरामी खाटको छेउमा मलाई राखेर भन्नुभो, “हेर् नानी † घरमा एउटी लक्ष्मी आएकी छ । त्यो आएपछि यो घर नै उज्यालो भएको छ । दिनदिनै दुःखहरू घट्दै गएका छन् । सह बढेको छ । अनिकाल टरेको छ । मेरो ठाउ“ बुहारीले लिएकी छ । त्यो तेरी आमा पनि हो । त्यसले त“लाई मैले झै“ स्याहारेकी छ । त्यसलाई चिन्नू । कहिल्यै नरुवाउनू ।”
आमा त्यत्तिकै भावुक हुनुभएको थियो । भन्नुभो, “अब म कति नै बा“चौ“ला र † बा“चे पनि दिनदिनै बूढी हु“दै गएकी छु । अबको संसार तिमीहरूको हो ।”
नभन्दै केही समयपछि आमा झन्झन् सिकिस्त हु“दै जानुभयो । र, एकदिन चराचर नियमलाई पछ्याउ“दै आमाले यो जीवनलाई विर्सजन गर्नुभयो ।
साह्रै रोइन् तिनी आमाको गोडामा टाउको राखेर तर मुखबाट पटक्कै आवाज निस्किएको थिएन ।
आज जब घरको सम्झना आउ“छ, एकैचोटि सारा विगत मान्द्रोझै“ ओच्छ्याएर आउ“छ आ“खाअघि, त्यसको मेसो र बुनोट एकएक गरी देखिन थाल्छन् ।
जतिपल्ट घर जाउ“ भन्यो तर के भएर हो खुट्टै लाग्दैनन् । जीउ नै भारी हुन्छ । अनुहार नै अ“ध्यारो बन्छ । आ“खाभर िचलचित्र नै जिन्दगी ओच्छ्याइए पनि शरीरले त्यसलाई अ“गाल्न सकिरहेको छैन । अपराधबोधको यो कहालीलाग्दो भीरमा उभिएर आज पश्चात्त्ाापमा बगिरहेका यी आ“सुको के अर्थ छ र – तैपनि, मनले कहिल्यै बिसाउन नपाएको यो भारी आफै“लाई छातीमाथिको ढुङ्गो भएको छ ।
धेरै प्रयत्न गरेर, कष्ट गरेर, आफूलाई मानसिक रूपमा तयार गरेर, थुप्रै स्पष्टीकरणहरू लिएर, निकै संवेदनशील कथाहरू बनाएर एक वर्षघि म घर पुगेको थिए“ ।
लथालिङ्ग भएको थियो सबैथोक । फुङ्ग उडेको थियो परविेश । घरवरपिर िसदा फुलिरहने फूलबारी मासिएको थियो, गमलाहरू रत्तिा र चर्केका, फुटेका थिए । गोबरग्यास प्लान्टमा गोबर नहालेको कहिलेदेखि हो, सुक्खा थियो । परपरसम्म बारी बा“झै थियो । सुपारीका बोटहरू टुप्पिएछन्, सिसौका जतासुकै छरएिका हा“गाले बारी मात्र सेपिलो भएको थियो । बरन्डाको खा“बोबाट धमिराले माथि चढ्ने बाटो बनाएको रहेछ । भान्साघरको झ्यालको एउटा पल्ला मकाएर कब्जा खुस्की झुन्डिरहेको थियो । आ“गनमा जतासुकै झारैझार, हि“ड्ने गोरेटो मात्र थियो आ“गन ।
घर सुनसान थियो, कही“ कुनै चालचुल थिएन । सबै ढोकाहरू बन्द थिए । वरपर कोही मानिसहरू पनि देखिएनन् । भित्र कोही छन् कि भनी ‘खाक्खुक्’ गरे“ । एकदम नै असजिलो लाग्यो । कसैले देखिहाल्छन् कि भनेझै“ पनि भयो मन । स्वाट्टै घरभित्र पसिहाल्न पाए हुनेझै“ हतार पनि लाग्यो । हि“ड्ने बेलामा सोचेको थिए“, “कसैलाई भेट्दिन“ गाउ“काहरू । सीधै घर पुग्छु, भित्रै बस्छु, श्रीमतीको अनुहार हर्ेछु, बोलिछन् भने दर्ुइ-चारवटा मनका पीर बिसाउ“छु, बोलिनन् भने पनि एकपल्ट हेरेर सा“झ-सा“झ पारेर फर्किन्छु । राती बिर्तामोडतिरै बास बसेर बिहान ४ बजेको बसबाट फर्किहाल्छु ।”
भित्र कोही हुनर्ुपर्छ भन्ने लाग्यो । विस्तारै थरथराउ“दा पाइलाले सि“ढी उक्ले“ । बरन्डामा पुगेर एकपल्ट परपरसम्म हेरे“ । आ“खै उज्यालाजस्ता भए । एकाएक मन रमाएजस्तो भयो । विस्तारै ढोका ढक्ढकाएर बोले“, “को छ भित्र – दिउ“सै ढोका किन लगाएको -”
एकछिनसम्म कुनै चालचुल आएन । फेर िएकपल्ट अलिक जोडले ढक्ढकाए“ । भित्र मान्छे भएझै“ चालचुल भयो । ढक्क मन फुल्यो । डरजस्तो, धकजस्तो, अपराध पक्राउ परेजस्तो, कस्तो कस्तो भयो । के गर्नु, के गर्नुजस्तो भयो । ढोकाबाट अलिक पर सरेर रेलिङ्मा अडेस लागे“ । शरीर भित्रभित्रै कम्पित भइरहेको थियो ।
विस्तारै भित्रबाट कसैले चुकुल खोल्यो । रजनीकै थिए ती चुकुल खोल्ने औ“लाहरू । एकापट्टकिो ढोकाको पल्ला खुल्यो पहिला र आधा टाउको बाहिर निस्क्यो । झल्याक्क देखे“ तिनलाई । आ“खै अ“ध्यारा भए मेरा ।
केही बोलिनन् तिनी । विस्तारै बाहिर आइन्, फेर िभित्र गइन् र एउटा चकटी ल्याएर ओछ्याइन् खाटमा । सि“ढी ओर्लिएर तल झरनि् । ट्युबेलमा गएर हातमुख धोइन् । भान्साको ढोका खोलेर भित्र पसिन् । एकछिनपछि एउटा लोटा र गिलास लिएर आइन् । मेरो अगाडि उभिएर एक गिलास चिसो पानी दिइन् । मैले थरथराउ“दा हातले गिलास समाते“ र तनतनी पिए“ । छेउमा उभिएर अर्काेपल्ट थप्न खोजिन्, मैले ‘भो’को इसारा गरे“ ।
तिनी गिलास र लोटा लिएर फेर ितल झरनि् । भान्सामा गइन् । बाहिर आइन्, केही झिक्रा र दाउरा लिएर भित्र पसिन् ।
निकैबेर पछि तिनले थालमा ताछिएका उसिनेका आलु र दूध नहालेको कालो चिया लिएर आइन् ।
म यी सबै दृश्य चुपचाप हेररिहेको थिए“ । कतिबेला तिनी मेरो छेउमा बस्लिन्, रोलिन्, दुःखका कुरा गर्लिन्, रसिाउलिन् भनेर प्रतीक्षा गररिहे“ तर उनको अनुहारमा त्यस्ता कुनै लक्षणहरू थिएनन् । तिनी न रसिाएकी जस्ती, न रोलिन् जस्ती । उनको अनुहारको गम्भीरतामा कुनै परविर्तन आएको थिएन ।
त्यत्तिकै चुपचाप बसिरहे“ म । उनको अनुहारमा सीधा आ“खाले हर्ेन सकिन“ ।
जति मौनता बढ्यो, उति असजिलो थपि“दै गयो ।
भित्र कता मन हुरुक्क भएझै“ लाग्यो । पुलुक्क हेरे“ तिनको अनुहार । उनी पर कतैतिर हेरेर टोलाइरहेकी थिइन् । दुब्लाइछन्, आ“खाका वरपिर िकालो भएको, दुवै आ“खाका छेउछेउतिरबाट चाउरी सुरु भएको । निधारमा पनि रेखा देखिन थालेछन् । कपाल निकै बाक्लै फुलेछन् । हातका औ“लाहरू फुटेका थिए ।
मेरो जीवनको त्यो स्वणिर्म युवाकालमा, मेरो घरको त्यस्तो विकराल गरबिीमा सा“झको बत्तीजस्तो झलल बल्दै प्रवेश गरेकी तिनी । तिनले मेरो मन र शरीर सबैलाई गोडेर, सि“गारेर, सजाएर कति सुन्दर बनाएकी थिइन् । खुसी र हर्षे भर“िदै थियो घर । आमाका जस्ता मायालु हातले सधै“ स्याहार्थिन् उनले मलाई । तिनका काखमा टाउको राखेर कत्ति निदाएको छु म । कुनै नारी हठ थिएन उनमा, असम्भव मागहरू थिएनन् । गरगहना, लुगाफाटा, यात्राभ्रमण, केहीमा दबाब थिएन उनको । न छरछिमेकस“ग झगडा, न छोराछोरीस“ग झर्काे, फर्काे, न पाहुनापासास“ग झिन्झ्याट । कस्तो एउटा पनि अवगुण नभएको व्यक्तित्व तिनको -
आज,
अनाथ, टुहुरी, विधवाजस्ती असहाय भएर यत्रो घर-व्यवहारका बीच एक्लै धुमधुम्ती बसेकी छन् ।
उनलाई आफूतिर आकषिर्त गर्न एकपल्ट घा“टी साफ गरे“ र बल गर्दै बोले“, “केटाहरूले फोन गर्दैछन् – कति भयो गएका -
पुलुक्क हेरनि् ।
आ“खा काला र ठूला भएका थिए । नाकका पोरा फुलेका थिए । अनुहार अकस्मात् बिग्रिएको थियो । घोप्टिएर भुइ“तिर हेररिहिन् निकैबेर । मौनता धेरै नलम्बियोस् भनेर थपे“, “मस“ग पनि धेरै पैसा थिएन । खोजखाज गरेर एक लाख रुपिया“ पुर्‍याइदिएको थिए“ । राम्ररी जानू, आमाको ख्याल गर्नू भनेको थिए“ ।”
झन्झन् झररिहेका थिए, तिनका आ“खाबाट आ“सु । दह्रो गरी रेलिङ् समातेर उभिएकी थिइन् ।
“तीन वर्षछि त आइहाल्छन् केटाहरू । कमाएर आउलान्, व्यवहार हर्ेलान् । ठूलोचाहि“को बिहे भएपछि बुहारी साथी भइहाल्छे ।”
म के-के, के-के, जे पायो त्यही बोलिरहेको थिए“ एकोहोरो । बल गरेर आफूलाई नियन्त्रण गरेको थिए“ । तर, तिनी बोलेकी थिइनन्, एकोहोरो हेररिहेकी थिइन् ।
जीवनमा ठूलै गल्ती गरेको छु मैले । यसको कुनै प्रायश्चित हुन सक्दैन । यो गल्तीलाई सुधार्ने ठाउ“ पनि छैन । अब खालि यो गल्तीबाट प्राप्त मन नपर्दाे परििस्थति भोग्ने बाध्यता मात्र छ ।
निकैबेर फेर िमौनता छायो । मेरा बोल्ने कुराहरू सकिएका थिए । एकोहोरो बिनाप्रसङ्ग, बोल्ने कुराहरू पनि सकिएझै“ लाग्यो । लामो मौनतापछि एकपल्ट तिनले खोकिन् । नराम्रो सुनियो त्यो खोकी । बिरामी रहिछिन् भन्ने लाग्यो । असह्य भयो मन । फेर िबोले“, “रजनी † किन चित्त दुखाउ“छ्यौै – मैले आफ्नो भूल स्वीकार गरसिक“े । मैले माफी पनि मागिसके“ । म आफ्नो कर्तव्यबाट विमुख भएको छुइन“ । जहा“ बसे पनि तिमीहरूको खोजखबर गररिहेकै छु । यथासक्य आर्थिक सरसहयोग पनि गररिहेको छु । मैले नगर्ने काम गरेको हु“ तर अब त्यसबाट उम्किने पनि त उपाय छैन । त्यस्तै भइगयो, अर्काकी कलिली छोरी जिम्मा लिइहालियो । उता पनि साना केटाकेटीहरू छन् । तिनको पनि स्याहार गर्नैपर्‍यो । म यो भासमा आफै“ पसेको छु । यस जीवनमा उम्किन पनि सक्दिन“ । मैले यी सबैकुरा बा“ड्ने यस संसारमा तिमीबाहेक कोही छैन । किन किन अचेल तिमीलाई म आमाजस्तो ठान्छु रजनी ।”
म ज्यादै भावुक भइसकेको थिए“ । अब आ“सु बगाउने पालो मेरो थियो । कहिले कहिलेदेखि मनमा टिलपिल भएको पीडा आज फुटेर बगिरहेको थियो । सानो केटाकेटीजस्तै भए“ म । केही पनि बोल्न सकिन“ ।
तिनी विस्तारै मेरो छेउमा आइन् । थरथराउ“दा हातले मेरो टाउको सुमसुम्याइन् । जुन र्स्पर्शले आगो लागेको शरीरमा पानी खन्याएजस्तो शीतल हु“दै गयो । सोडाझै“ उम्लिएर आएको मन विस्तारै शान्त हु“दै गयो । विस्तारै टाउको उठाएर हेरे“ । तिनको अनुहार शान्त र सामान्य भइसकेको थियो । बोलिन्, “आफूलाई ख्याल गर्नू, आफ्नो स्वास्थ्यलाई ख्याल गर्नू । त्यो कलिली केटी र तिनका बालकको माया गर्नू । मैले आफूलाई स्वीकार गरसिकेकी छु । जीवनका सबै रङहरू देखिसकेकी छु । मेरो कुनै गुनासो छैन । अब यस्तो भूराजस्तो रु“दै नहि“ड्नू । आफ्ना कर्महरूको परण्िाामलाई स्वीकार्नू । घरीघरी यहा“ आइरहुन पर्दैन । पोइल गएको लोग्ने बारम्बार आइरहनु मेरो अपमान हुन्छ । गाउ“-समाजले राम्रो मान्दैन । मेरो बदनाम नगरििदनू । यस जीवनको केही काल हामीले स“गै बिताएका थियौ“ तर त्यो सबै अब उमेरजस्तै पुरानो भइसक्यो । यस उमेरमा मलाई सम्मानित नारी भएर जिउने इच्छा छ, परपुरुषस“गको कुनै सम्बन्ध मलाई स्वीकार छैन । छोराछोरीहरूस“गको हाम्रो सम्बन्ध समान भए पनि अब तपाईंस“ग मेरो कुनै सम्बन्ध छैन । पोइल गएको लोग्नेस“ग घरीघरी भेट्नु राम्रो देखि“दैन ।”
उनको बोलीमा अनौठो शक्ति थियो । तिनले त्यति शक्तिशाली कुरा भन्लिन् भन्ने सोचेको थिइन“ । तिनी रोलिन्, बिलौना गर्लिन्, रसिाउलिन्, यस उमेरमा एक्लै बस्नुपरेकामा निराशा व्यक्त गर्लिन् भन्ने अनेक सोचेको थिए“ । तर, तिनी त पहरोजस्तो दह्रो छाती भएकी, विदुषीजस्तो संंवाद बोल्ने भएकी रहिछिन् ।
मन उदास भयो ।
टाउकामाथि परेका उनका हातहरू गह्रौ“ भए । यहा“सम्म हि“डेर आएको बाटो पनि लामो भयो । आफ्नै पत्नीका आ“खामा आफू परपुरुष भएको बुझेपछि पहिलोपल्ट आफू भासि“दै भासि“दै सकि“दै गएजस्तो हु“दै गयो ।
सा“झ पर्न लागेको थियो । बिर्तामोड पुग्न ढिलो होलाजस्तो लाग्यो । जुरुक्क उठे“, विस्तारै सि“ढी ओर्लंे । आ“गनमा उभिएर एकपल्ट माथि हेरे“ । बरन्डामा उभिएर एकोहोरो हेररिहेकी थिइन्, आ“सु बगिरहेका थिए । आ“सु पुछेकी थिइनन् ।

10:00AM 2014-7-26
BAIRAGI..BINOD

0 comments:

Post a Comment