Ads 468x60px

Featured Posts

Sunday, October 12, 2014

गाउ को सम्झना ले हरपल सताई रहेको छ !!!

I Miss My Village...........................
म मेरो गाउ लाई सम्झी रहेको छु !... 
अनि त्येहा बस्ने सम्पूर्ण टोकरपूर बासी हरुलाई सम्झी रहेको छु !...
आफ्ना आफन्त इस्ट मित्र अनि साथी संगी अनि दाइ भाई दिदि बहिनि हरुलाई सम्झी रहेको छु तर त्यो गाउले मलाई सम्झी रहेको छ छैन मलाई थाहा छैन
अनि मेरा इस्ट मित्र हरुले सम्झी रहेको छ कि छैन त्यो पनि मलाई थाहा छैन बस मलाई भगवान ले बिर्सने बुद्धि दियन सम्झने मन दियको छ तेसैले त सम्झी रहेको छु अनि सम्झी रहने छु ,,,बिनोद असफल


Friday, September 26, 2014

Happy Vijaya Dasami And Suva Dipawali ....

कसैलाई जुवा र तासमा आउँछ दशैं,
कसैलाई निस्तो गासमा आउँछ दशैं,

यो पालि त हाम्रो घरमा खशी ढलाउने,
हर साल यस्तै यस्तै आसमा आउँछ दशैं,

छिमेकी ले पिंङ्ग हाल्दा,चंगा उडाउँदा,
हाम्रो भने दु:खको रासमा आउँछ दशैं,

हुने हरु घोडा चढ्छन् नहुनेले धुरी,
भाको सारा सम्पत्तिको नाशमा आउँछ दशैं,

बिनोद थापा असफल यात्री 
रामेछाप टोकरपुर ४ सिगार्चे 

हाल अफगानिस्थान। 

Thursday, September 4, 2014

MERO JINDAGI


यति खेर म मातिन शुरु गरिसकेको छु । सायनले पिउँदैन भन्यो भने धेरैले पत्याउँदैनन् र पिउँछ भन्यो भने पनि उक्तिले नै पत्याउँदैनन् ।
दिनले भरखरै आत्म हत्य गर्यो । रात जूनकीरिको पुच्छरमा अडिएको छ । मैले केटाकेटीको कुरा सम्झिएँ । आमाले जुठेल्नामा भाँडा माझिरहेको बेला आमालाई जूनकीरी देखाउदै भन्थेँ “आमा मलाई जूनकीरी बनाई दिनु, म पनि जूनकीरीले जस्तै बत्ति बालेर माथि मामा घर पुगेर आउँछु ।” आमासँग झगडा गरिरहन्थे । आमाले फकाउँदै भन्नु हुन्थ्यो “तँ त मान्छे हुनु पर्छ ज्ञानी ठूलो असल मान्छे , फेरि यो जूनकीरी कहिल्लै खादैन यो त पुच्छरमा बत्ति बालेर उडी मात्र रहन्छ, तँलाई भोक लागिरहन्छ । जूनकीरी भईस भने खान पाँउदैनस्” भन्नु हुन्थ्यो । मलै भोकको डरले जूनकीरी हुन्न भनेको थिँए ।
रक्सी पिएको बेला चरा हुन मन लाग्छ । सुदुर भएकी प्रेमिकालाई भेटेर हिमाल देखाउन मन लाग्छ । चुल्ठो भरी गुँरास सिउरिदिदै पहिलो पल्ट उनको मन पग्लने संगीत उपहार दिइएर , आजको घामले आत्महत्य गरे झै मर्ने रहर पलाई रहन्छ ।