जिल्ला विकास समिति रामेछाप
एक करोड १५ लाख २८ हजार रुपैयाँ
जिल्ला विकास समिति रामेछापको फ््िरज
जिल्ला विकास समिति रामेछापको आर्थिक वर्ष ०६८,६९को बजेट मध्ये एक करोड १५ लाख २८ हजार रुपैयाँ फ््िरज भएको छ । फ्जि भएको रकम मध्ये जिल्ला विकास समिति तर्फ चालु बजेटको रकम १ लाख ३४ हजार रहेको छ भने विकास बजेट तर्फ ७८ लाख १२ हजार रुपैयाँ रहेको छ । बाँकि रकम जिल्ला प्राविधिक कार्यालय तर्फको फ्जि भएको स्थानीय विकास अधिकारी नारायण मैनालीले बताउनु भयो । स्थानीय विकास अधिकारी मैनालीका अनुसार ६३ करोड ४० लाख ३३ हजार रुपैयाँको अख्तियारी जिल्ला विकास समितिमा आएकोमा कुल ५८ करोड ३९ लाख ६६ हजार रुपैयाँ निकासा भएको थियो । जसमध्ये एक करोड १५ लाख २८ हजार रुपैयाँ फ्जि गएको छ । जिल्ला विकास समितिका अनुसार सबैभन्दा बढी रकम स्थानीय स्तरको सडक ,पूल सामुदायीक कार्यक्रम अन्तर्गतको ३६ लाख ६४ हजार रुपैयाँ फ्जि भएको छ । सो कार्यक्रमको लागि कुल ६० लाख रुपैया निकासा भएकोमा २३ लाख ३६ हजार रुपैयाँमात्र खर्च भएको थियो । त्यसैगरी विद्युत विकास रोयल्टि व्यवस्थापन तथा वितरण कार्यक्रम अन्तगर्तको १९ लाख १८ हजार, जिविस अनुदानको ९ हजार, निर्वाचन क्षेत्र विकास कार्यक्रमको ७५ हजार, जनसहभागितामा आधारित कार्यक्रमको ९४ हजार, स्थानीय यातायात पुर्वाधार क्षेत्रगत कार्यक्रम अन्तगको २ लाख ९८ हजार, वृहत एवं स्थानीयस्तरको झोलुङगे पुल कार्यक्रमको १ लाख ८७ हजार, ग्रामिण्ँ पहुँच सुधार तथा विकेन्द्रीकरण कार्यक्रम अन्तर्गतको ६ लाख ५८ हजार, जेष्ठ नागरिक असक्त अपाङग लोपोन्मुख तथा सुरक्षा कर्यक्रमको १ लाख ९ हजार रुपैया“ फ्जि भएको छ । त्यसै गरी राष्ट्रिय विकास स्वयम्सेवाको एकहजार, उपेक्षित उत्पीडित र दलित वर्ग उत्थान विकास समिति तर्फको ३ हजार, साना सिँचाई कार्यक्रमको ६ हजार, केन्द्रीय स्तरका सडकहरु २ लाख १६ हजार, गुम्बा व्यवस्था तथा विकास कार्यक्रमको २५ हजार, स्थानीय शासन तथा सामुदायीक विकास कार्यक्रम तर्फ ६५ हजार र विकेन्द्रीत ग्रामिण पुर्वाधार तथा जिविकोपार्जन सुधार कार्यक्रमको ६ लाख १८ हजार रुपैयाा पनि फ्जि गएको छ । जिल्ला विकास समितिमा सर्वदलिय संयन्त्र खारेज भएको भए पनि अहिले पनि जिल्ला विसका समितिले सर्वदलिय संयन्त्र राखेर उनीहरुले गरेको निर्णय अनुसार नै कार्यक्रम र बजेट विनियोजन गर्ने गरेको छ । राजनितिक दलका मानिसहरुले आफ्नो स्वार्थ अनुकुलको बजेट विनियोजन गर्न नपाएपछि बजेट विनियोजन कार्यलाईनै अड्काएर राख्दा जिल्लामा आएको एक करोडभन्दा बढी रुपैयाँ फ्जि भएर गएको नागरिक समाजको गुनासो रहेको छ । हिउँद भरि कानामा तेल हालेर बस्ने जिल्ला विकास समिति र राजनितिक दलका प्रतिनिधिहरु असारको अन्तिममा बजेट छुट्याउन तात्ने र काम नै नगरी बजेट सक्न उद्यत हुने गरेको स्थानीयको आरोप रहेको छ ।
Kathmandu
0 comments:
Post a Comment