Tuesday, January 21, 2014

nepali gazal,,, and binod thapa

.........फाटेको मन

फाटेको मन सियर हिडेको मान्छे म !
जन्म जातै आंशु पियर हिडेको मान्छे म ।।


अझै कती पिडा दिन चाहन्छौ भन तिमी !
बाहिर मुस्कान भित्र चोट लियर हिडेको मान्छे म !!

यता टाले उता फाट्छ उता टाले यता मन !
सिउदा सिउदै सियो सरी खियर हिडेको मान्छे म !!

चोखो माया गर्दा पनि धेरै धोका पाय मैले !
माया बिना यो जिन्दगी जियर हिडेको मान्छे म !!

चाहिएन अब खुशी कस्को लागी साच्नु छर !
आफ्ना आफन्तले चोट दियर हिडेको मान्छे म !!


 समय......


आयो अनि खुशी लियर गयो समय
आंखा भरी आंसु दियर गयो समय

पिडा अनि चोटले फाटेको यो मन मेरो
केहि क्षणको लागि सियर गयो समय

म आफैले आफैलाई भाग्यमानि ठान्ठे तर
रुदा रुदै जिन्दगी खियर गयो समय

यो बिनोद को तक्दिरमा लेखेको नै एस्तै
रहेछ मै अभागी थियर गयो समय







……. .....छाती चिर्नु मूटू  चिर्नु


छाती चिर्नु मूटू  चिर्नु अनि बल्ल देख्छौँ माया
खुसी भए आफै भित्र झल मल्ल देख्छौँ माया

भुँई बसी चन्द्र छुने सपना देख्नु व्यार्थ हुन्छ
बगिरहने खोला हेर सल लल्ल देख्छौँ माया

छुरा रोपी किन हिड्छौ सानो तिनो कुरा माँनी

धोका गरे छल गरे बल्ल तल्ल देख्छौँ माया

काँडा पनि फूल सम्झी आत्म साथ गरी हेर

हिरा जस्तो मोती जस्तो टल टल्ल देख्छौँ माया

अँझैँ पनि प्यासी बनी हिडे्को छ गाउँ शहर
विवश ताको मुटु छाम कल कल्ल देख्छौँ माया

0 comments:

Post a Comment